×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपकुलपति कोइरालाको ट्वाँ-ट्वाँमा बालुवाटारको घण्टी किन बजेन ?

काठमाडौं – संस्कृत विश्वविबद्यालयका उपकुलपति प्रा.डा कूलप्रसाद कोइरालाले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई अधिनायकबादी, तानाशाह, अपहरणकारी, हवलदारी पारा जस्ता अराजक अभिब्यक्ति दिइरहदाँ प्रधानमन्त्री कार्यालय भने रहस्यमय रुपमा मौन बसेको छ ।
शनिवार साँझ उपकुलपति कोइराला ७ जनाको टोली लिएर क्यानडा जान अन्तराष्टिय विमानस्थल पुगिसेकेका थिए । -त्यहीबाट प्रधानमन्त्रीले छापामार शैलीमा मलाई पक्राउ गरेर प्रधानमन्त्री निवासमा लगे र १ घण्टा बन्दी बनाएर जहाज उठेपछि छाडे-कोइरालाले भने-प्रधानमन्त्री ओलीसँग मलाई भेट्न पनि दिइएन, यो पञ्चायति र राजाको शासन कालभन्दा बढि अत्याचार हो ।
उपकुलपति कोइरालाले प्रधानमन्त्री ओलीले आफुमाथी राजनीतिक प्रतिशोध साँधेको आरोप मात्र लगाएका छैनन, ओली सरकारलाई हत्याराको संज्ञा पनि दिएका छन् । -टाउको छिनालेर गोली ठोक्नेहरुको सरकार-भन्दै कडा आलोचना गरेका छन् । राजा ज्ञानेन्द्रकै हालतमा ओलीलाई पुरयाउने उद्घोष गर्दै कोइरालाले कांग्रेसको साथ पनि सार्वजनिक रुपमै खोजेका छन् ।
उपकुलपति एउटा जागिरे कर्मचारी हुन् । उनले हत्यारा सरकारदेखि हवलदारी पारासम्मको आरोप लगाउँदा बालुवाटारले कुनै प्रतिक्रिया दिएको छैन । उपकुलपतिको ट्वाँ ट्वाँमा बालुवाटारको घण्टी किन बजेन ? रहस्यमय रहेको छ । साना साना आरोपको खण्डन गर्ने प्रधानमन्त्री कार्यालय र ओलीको सचिवालय भने उपकुलपतिको संगिन आरोपमा मौन बसेको छ ।
उपकुलपति कोइराला यतिबेला राजनीतिक र ब्यक्तिगतरुपमै ओली सरकारबिरुद्ध कुर्लेका छन् । -ओलीलार्ई ज्ञानेन्द्रको तहमा पुरयाउँछु, घाँटी रेटेर, गोली ठोक्नेहरुको सरकार- जस्ता संगिन आरोप लगाउने हैसियत उपकुलपतिसँग हुँदैन । राज्यको नियम कानुनमा बाँधिनु पर्ने कोइराला कांग्रेसको मुख्य कार्यकर्ता बनेका छन् ।
उपकुलपति प्रकरणमा कि सरकारले माफी माग्नु पर्दछ कि उपकुलपतिलाई कानुनी प्रक्रियाबाटै अपदस्थ गर्नुपर्दछ । नत्र भने ओली सरकारको औचित्यमा प्रश्न चिन्ह् मात्र लाग्दैन पतनको बाटो पनि सुरु हुनेछ । एउटा कर्मचारीसँग सरकार डराएको नतिजा आम नागरिकमा पर्ने निश्चित छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: