बेष्ट र सिनर्जी फाइनान्सको साउन १७ देखि हुने भयो एकीकृत कारोबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - साउन १७ गतेदेखि बेष्ट फाइनान्स र सिनर्जी फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । बेष्टले सिनर्जीलाई एक्वायर गरी बेष्ट फाइनान्सको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । यी दुवै संस्थालाई राष्ट्र बैंकले असार १८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो । बेस्टले १ः१ स्वाप रेसियोमा सिनर्जीलाई एक्वायर गरेको हो ।

यी दुवै कम्पनीको गत चैत २४ गते सम्पन्न साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारपछि सिनर्जीको सम्पूर्ण सम्पत्ति बेष्टले सकार्नेछ । कम्पनीको केन्द्रीय कार्यालय हाल सिनर्जी फाइनान्सको कर्पोरेट कार्यालय रहेको काठमाडौं महानगरपालिका वडा नं १, कमलादीमा रहनेछ ।

यता, एकीकृत कारोबार प्रयोजनका लागि दुवै कम्पनीले साउन १६ गते आफ्ना सम्पूर्ण शाखाहरु बन्द गर्ने भएका छन् । एकीकृत कारोबार हुनु अगावै डाटा माइग्रेसन गर्नुपर्ने भएकाले १ दिन कारोबार बन्द गर्न लागिएको हो ।
प्रकाशित : Wednesday, July 18, 2018

recent

Popular Posts