×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एकै दिन ३३ अर्ब विकास बजेट असारे भेलमा, यही समाजवादी विकास मोडेल ?

काठमाडौँ – वर्षभरी विकासको कामलाई बेवास्ता गर्ने तर असार मसान्तमा बजेट सक्न रातारात भुक्तानी गर्ने चलन यो वर्षपनि चल्यो । दुई तिहाईसहित कम्युनिस्ट सरकार बनेपछि धेरैले विकासको नाममा असरमा गरिने बेथिति रोकिन्छ भन्ने आश गरेका थिए । तर, अहिलेसम्मकै नयाँ रेकर्ड कामय भएको छ ।
नेपालको इतिहासमा पहिलो पटक असारको अन्तिम दिन ३३ अर्ब रुपैयाँको भुक्तानी भएको छ । देशभरीका सरकारी कार्यालयले एकै दिन यति ठूलो बजेट सकेर नयाँ रेकर्ड कामय गरेका छन् । बजेट सक्नेलाई असारमा विकास र निर्माणका काम हुँदै आएका छन् । असारमा गरिने विकास भनेको बजेटलाई बाढी र पहिरोमा बगाउनु भएको सरह भएको बुझाई छ । तर, असार ३२ गते अहिलेसम्मकै धेरै भुक्तानी भयो ।
असार ३२ गते सरकारी कार्यालयहरुले पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गरेका हुन् । सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो । असार एक महिनामा मात्र ९६ अर्ब खर्च गरेको छ ।
यस्तै असार १ गते मा चालु खर्च ६ खर्ब १९ अर्ब रुपैयाँ गरेकामा असारभरिमा ७५ अर्ब रुपैयाँ गरेको छ । दुवै जोड्दा असारमा १ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरिएको छ ।
अर्थ मन्त्रालयले काम हुनेबित्तिकै बिलअनुसार रकम भुक्तानी गर्न र वर्षको अन्त्यमा जथाभाबी खर्च नगर्न बारम्बार तोकेता गर्दै आएपनि सबै मन्त्रालयले अटेरी गर्दै आएका छन् । अर्थ मन्त्रालयले जस्तै संसदीय समितिहरु र महालेखा परीक्षकको कार्यालयले लामो समयदेखि वर्षको अन्त्यमा हुने खर्चमा गुणस्तरीय काम नभएको र अनियमितता पनि हुने गरेको बताउँदै त्यसलाई रोक्न निर्देशन दिँदै आएका छन् ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमा समाजवादी मोडेलमा विकास गर्ने उल्लेख गरेको छ तर बेथिति झन् बढेको छ । असारमा अन्तिम दिनसम्म आउँदा बजेटमा गरिने रजाईलाई रोक्न नसकेपछि चौतर्फी आलोचना भएको छ ।
वर्षालाई देखाउँदै विकासमाथि प्रश्‍न उठाउन नसकिने भएकै कारण असारमा विकास निर्माण हुँदै अाएको बताइँदै अाएपनि सरकरले रोक्न सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: