×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव समूहका पूर्वमन्त्री पदम राईसहित ४० जना कार्यकर्ता पक्राउ

काठमाडौँ – विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई काठमाण्डु प्रहरी परिसरले पक्राउ गरेको छ । उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।
पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाण्डु सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो । उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: