×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंक र दीर्घायु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीले दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट दिने सम्झौता भएको हो ।
बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका प्रबन्ध निर्देशक सुरज श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलको ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईबाट करिव तीन लाख ५० हजार ग्राहकले सेवा प्राप्त गर्दै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: