×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ३०.२१% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनलले खुद नाफा १ अर्ब ४० करोड ८४ लाख ५४ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३०.२१% ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८ करोड १६ लाख ६१ हजार रुपैयाँ मात्र कमाएको थियो । 
सिटिजन्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको हो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १८.७६% वृद्धि भएर २ अर्ब ८ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ६९ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको तुलनामा सञ्चालन नाफा ६३.८१% धेरै हो ।
यता, ४६ करोड ४१ लाख ५५ हजार रुपैयाँ राइट ब्याक गर्न सफल यो बैंकले प्रोभिजनमा २५ करोड ८५ लाख ९२ हजार रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार गर्न सफल भएको छ । अघिल्लो आवमा ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ रहेको निक्षेप यसपालि ६१ अर्ब ३९ करोड ११ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कर्जा लगानी पनि ४८ अर्ब ४४ करोड १९ लाख रुपैयाँबाट बढाएर ५७ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ ।
यसले खराब कर्जा अनुपात २.०२% बाट घटाएर १.२५% मा सीमित राखेको छ । यो बैंकको कस्ट अफ फन्ड भने बढेर ८.४५% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ८% थियो । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भमा भने २ अर्ब ७६ करोड ८० लाख ९३ हजार रुपैयाँ मात्र जम्मा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: