×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कठै हाम्रो देश : मन्त्री परिषदबाटै राज्यको ढुकुटी स्वाहा ! क-कसले कति खाए ?

काठमाडौं – राज्यको ढुकुटी दोहन गरेर कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारी विदेश भ्रमणमा सरकारले १ बर्षको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।
राज्यको ढुकुटीबाट कार्यकर्तालाई रकम बाँड्न, मन्त्री, संस्थान तथा आयोगका पदाधिकारी र कर्मचारीको विदेश भ्रमण तथा द्धन्द्धपीडित भनिएका कार्यकर्तालाई रकम बाँड्न सरकारले १२ महिनामा २ अर्ब ५६ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको हो ।
आर्थिक बर्ष २०७४/७५ को १२ महिनामा मन्त्रिपरिषद बैठकले पटके निर्णयबाट सहायता र विदेश भ्रमणका नाममा १ अर्बभन्दा बढी रकम भुक्तानी दिएको छ ।
गतबर्ष साउनदेखि गएको असारसम्मको विदेश भ्रमणमा १२ करोडभन्दा बढी खर्च भएको छ । यो खर्च वार्षिक बजेटमा मन्त्रालयगत रुपमा विनियोजन गरिएको चालू खर्चबाहेकको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: