×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा २७.४३% ले वृद्धि, कति छ ब्याज आम्दानी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सले २०७४/७५ आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा २०७३/७४ को चौथो त्रैमासको तुलनामा २७.४३% ले धेरै हो । अघिल्लो आवमा फर्स्टले ८ करोड १ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, फर्स्टले १६ करोड ५९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष भन्दा खुद ब्याज आम्दानी २८.३६% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १२ करोड ९२ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, अघिल्लो वर्ष जस्तै चौथो त्रैमासमा पनि खराब कर्जा अनुपात शून्य नै छ । सम्भावित जोखिमका लागि भने ७३ लाख ८९ हजार रुपैयाँ छुट्याएको छ ।
चौथो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा ४५ करोड ५१ लाख रुपैयाँ रहेको चुक्ता पुँजी ५०.३८% ले वृद्धि भएको हो । फर्स्टको रिजर्भ कोषमा भने १८ करोड ४४ लाख २६ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढ्दै जाँदा रिजर्भ कोषलाई पनि सुधार गर्नुपर्ने देखिन्छ । यो कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: