ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५७ हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ५७ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ । 
प्रकाशित : Wednesday, July 04, 2018
,

recent

Popular Posts