×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी र युनियन लाइफबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट इन्सुरेन्स कम्पनीको सेवा लिन सक्ने

काठमाडौं – गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेशमबहादुर थापा र युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए पश्चात युनियन लाइफले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकासको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।
गण्डकी विकासले ६८ शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकका लागि आर्कषक ब्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरि राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: