गरिमाले गर्यो कमालको प्रगति, खुद नाफा २७.७८% वृद्धि गरेर कमायो ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको चौथो त्रैमासमा गरिमा विकास बैंकले खुद नाफा २७.७८% ले वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा थियो भने गत आर्थिक वर्षमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

 खुद ब्याज आम्दानी पनि ३३.५६% ले बढेर १ अर्ब ५ लाख ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७४ करोड ९१ लाख ५५ हजार रुपैयाँ रहेको थियो । गरिमाको सञ्चालन नाफा पनि ५२ करोडबाट बढेर ६६ करोड ६७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा राम्रो सुधार भएकोले खुद नाफा वृद्धि भएको हो। 

निक्षेप संकलन १४ अर्बबाट बढाएर २१ अर्ब २२ करोड १२ लाख ५ हजार रुपैयाँ पुर्याएको यस बैंकले १८ अर्ब ८५ करोड १० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको देखिन्छ । गरिमाको खराब कर्जा थोरै बढेर ०.२७% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.२४% थियो । 

गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ छ, भने जगेडा कोषमा ७२ करोड ७२ लाख २९ हजार रुपैयाँ छ । कर्जा निक्षेप अनुपात ७१.४१% बाट बढेर ७६.३३% भएको छ । कस्ट अफ फन्ड पनि ७.६२% बाट बढेर ८.९८% भएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसा रहेको गरिमाको प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ६९ पैसा रहेको छ ।
प्रकाशित : Tuesday, July 24, 2018

recent

Popular Posts