×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नयाँ कोशेढुङ्गा : शाखारहित बैंकिङ्ग सेवा संख्यामा शतक

काठमाडौँ – ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्ग पार गरेको छ । मिति २०७५/०३/२५ गते आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो । बैंकले सोमबार एक समारोहका विच सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो । 
उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख श्री रबिन्द्र ढकालले संयुक्त रुपमा गर्नुभयो । बैंकले जेष्यठ नागरिक प्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट समुद्घाटन गरेको हो । 
ग्लोबल आइएमई बैंकले मिति २०६९/०३/२० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख श्री रबिन्द्र ढकाल लगायत स्थानिय समाजसेविहरुको बाक्लो उपस्थिती रहेको थियो । 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: