×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ४०.५५% वृद्धि, प्रति सेयर आम्दानी १६.५३ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले खुद नाफा ४०.५५% ले वृद्धि गरेर १ करोड ५८ लाख ७४ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड १२ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन भएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी १४.१४% ले वृद्धि गरेको छ । अघिल्लो वर्ष ग्लोबलले ५ करोड ३ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ५ करोड ७५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, सञ्चालन नाफा पनि १ करोड ७७ लाखबाट बढेर २ करोड ४९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । 
चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ४ करोड ९२ लाख ६१ हजार रुपैयाँ छ । यस त्रैमास सम्ममा ३६ करोड ८ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड २६ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गर्न ग्लोबल सक्षम भएको देखिन्छ । 
यता, कम्पनीको खराब कर्जामा भने उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्ष २.४१% रहेको ग्लोबलको खराब कर्जा यस त्रैमाससम्म आइपुग्दा ०.७६% मा सीमित भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा (वार्षिक) रहेको ग्लोबलको प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ २९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: