×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं – ग्लोबल आइएमई बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।
उक्त हस्ताक्षर कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष भोला रिजालको विशेष उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकले आˆना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.मा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, पि्रभिलेज कार्ड लिएका बैैंकका ग्राहक र ग्राहकका परिवारले अस्पताललेे प्रदान गर्ने विभिन्न सेवामा बिशेष छुट पाउने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: