×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी बैंक पनि प्रविधिमा फड्को मार्दै, कृषि विकास बैंकले सुरु गर्यो पूर्ण रुपमा इन्टरनेट बैकिङ्ग सेवा

कृषि विकास बैंक लिमिटेडले पूर्ण रुपमा इन्टरनेट बैंकिङ्ग सेवा संचालन गरेको छ । यसका लागि बैंकले एफवान सफट इन्टरनेसनलसँग सम्झौता गरेको छ । सम्झौतामा कृषि विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफवान सफट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । 
बैंकको केन्द्रिय कार्यालयमा भएको उक्त सम्झौतापश्चात् बैंकका संस्थागत र व्यक्तिगत दुबै सेवाग्राही लाभान्वित हुने भएका छन् । अब कृषि विकास बैंकका सेवाग्राहीले Salary upload, Employee Management, Inter Bank Fund Transfer (IBFT), Bulk Upload, Cheque Book Request, Stop Payment, Merchant Payment, Statement View and Download, Message Sent and Creation, OTP ( Secured By OTP), Online Registration लगायतका थुप्रै सेवाहरु प्राप्त गर्न सक्नेछन् । 
सम्झौता आदानप्रदान कार्यक्रममा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, सूचना प्रविधि विभागका विभागीय प्रमुख डिल्ली प्रसाद चौधरी, ईबैकिङ्ग विभागका विभागीय प्रमुख बासु अधिकारी , बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख सुदिप दाहाल, बैंकका प्रबक्ता हिमलाल पौडेल, ईबैकिङ्ग विभागका शाखा प्रमुख भोला नेपाल, सामान्य सेवा विभागका शाखा प्रमुख अहिल्या अमात्य र शा.अ. तारा न्यौपाने समेतको उपस्थिती रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: