×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोविन्द केसीलाई ओलीको धारे हात: कोही–कोही जुम्ला जाँदा उधुम मच्चिन्छ !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. गोविन्द केसीको अनशनबारे धारे हात लगाउदै घुमाउरो भाषामा कटाक्ष गरेका छन् ।
‘कोही कोही भाग्यमानी जुम्ला जाँदा उधुम मच्चिन्छ, कोही जाँदा थाहा नै हुँदैन’, सोमबार अपरान्ह राष्ट्रिय सभामा सरकारको तर्फबाट जबाफ दिँदै प्रधानमन्त्रीले भने, ‘म तपाईँहरुलाई आश्वस्त दिलाउन चाहन्छु, हाम्रो अवस्था र स्थिति बुझेका साथीहरु छन्, हामी सबै कुरालाई सम्बोधन गर्छौँ ।’
ओलीले देशको अवस्था र आवश्यकता अनुसार अघि बढ्ने पनि दोहो नेपालको अर्थतन्त्र, भूगोल जनजीवन र हाम्रो स्थिति बुझेका साथ उनले देश नयाँ संविधान अनुसार अघि बढिसकेकाले आवश्यकता अनुसार सबै कुरा पुरा गरिँदै जाने बताए ।
प्रम ओलीले बिचौलियका कारण उपभोक्ता मारमा परेको बताए । ‘बिचौलियाले उत्पादक र उपभोक्ताबीचमा बसेर लाभ लिइरहेका छन्’, उनले भने, ‘बिचौलियालाई अनुचित लाभ लिन नदिन हामी सक्रिय छौँ, सबैले बिचौलियासँग होसियार हुनुपर्ने अवस्था छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: