×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिएहरुलाई अर्थमन्त्रीको सुझाव, ‘फेयर अडिट गर्नू, तपाईंले बनाएको स्ट्राटिजिक प्लान मैले बनाएजस्तो ‘फ्लप’ नहोस्’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चार्टड एकाउन्टेन्टहरुलाई ‘फेयर अडिट’ गर्न सुझाव दिएका छन् । काठमाडौँको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका बीच उनले यस्तो सुझाव दिएका हुन् ।  साथै उनले कर कम पर्ने गरी तयार गरिएका विवरणहरुमा सर्टिफाई गर्नुअघि सोच्नसमेत आग्रह गरेका छन् ।  साथै सरकारले वित्तीय क्षेत्रमा सुशाशन र पारदर्शी कर प्रशासनको अवधारणा अघि बढाएको भन्दै मन्त्री खतिवडाले कुनै किसिमको मोलाहिजालाई स्थान नदिइनेसमेत स्पष्ट पारेका छन् । 
‘हामी सबैतिर पारदर्शिता चाहन्छौँ । सबै क्षेत्रबाट सरकारलाई सहयोग पुग्ने गरी काम होस् । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्न यहाँहरु पनि डराउनु हुँदैन । लौरोमात्र देखाउने नहान्ने गर्यो भने त्यसको सन्देश बाहिर राम्रो जाँदैन ।’ अर्थमन्त्री खतिवडाले भने । अहिलेको लेखा परीक्षण जोखिममा आधारित हुने गरेको भन्दै उनले त्यसलाई थप प्रभावकारी बनाउनेतर्फ सोच्नुपर्ने बताए ।  नवनिर्वाचित काउन्सिल सदस्यहरुलाई शुभकामना दिंदै उनले भने, ‘ पुरानालाई बधाई छ । राम्रो काम गरेर तपाईंहरुपनि देखाउनुहोला । शुभकामना छ । बधाईचाहिं काम देखेपछी दिउँला ।’   
साथै उनले आइक्यानको स्ट्राटिजीक प्लानमा विशेष ध्यान दिन आग्रह गरे । ‘मैले पनि यस्तो प्लान बिगतमा बनाएकै हो । तर प्लान बनाइएजस्तो काम गर्न सकिएन । तपाईंहरुको हकमा त्यस्तो नहोस् । भनिएअनुसार काम होस् । तपाईंहरुलाई शुभकामना छ ।’ उनले भने ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: