×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनियन हाइड्रोपावरको आइपीओ खुल्दै, यी ठाउँबाट आवेदन दिन सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साउन १४ गतेदेखि युनियन हाइड्रोपावर कम्पनीले ७ लाख ५० कित्ता आइपीओ बेच्ने भएको छ ।उक्त आइपिओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको छ । यसमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीयले आवेदन दिन पाउनेछन् । यसैगरी, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओ भर्न सक्नेछन् ।
आइपीओमा आवेदन दिने अन्तिम म्याद साउन २८ गते तोकिएको छ । यो अवधिमा सबै सेयर नबिकेमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । युनियनको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बसिसहर शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । युनियन हाइड्रोको आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन पाइन्छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: