×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंक र प्रुडेन्सीयल इन्स्युरेन्सबीच सम्झौता, बैंकका ग्राहकले बैंकको सबै शाखाबाट प्रुडेन्सीयलको सम्पूर्ण सेवा लिन पाइने

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबिच बैंकासुरेन्स सम्झौता भएको छ । निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा सोमबार जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रसडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: