कांग्रेसद्वारा सोमवारको संसद् बैठक अवरुद्ध, सरकार गैरजिम्मेवार बनेको आरोप

काठमाडौं - जुम्लामा अनसरत डाक्टर गोविन्द केसीको विषयलाई मुख्य मुद्दा बनाएर आन्दोलन गर्दै आएको प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमवारको संसद बैठक अवरुद्ध गरेको छ ।

सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । त्यस लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । उनले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरे ।

डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको अरोप लगाए । सरकारले जवजस्ती गरे संसद चल्न नदिने बताए ।

लगतै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । उनले डाक्टर केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
प्रकाशित : Monday, July 16, 2018
,

recent

Popular Posts