×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुख्यमन्त्रीको टोली फर्किए सँगै अस्पतालमा प्रहरीद्वारा लाठी चार्ज, डा.केसीका समर्थकहरु घाइते

जुम्ला – २० दिनदेखि जुम्लामा आमरण अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ ।
अनसन बसिरहेका डाक्टर केसीलाई काठमाडौं पठाउन प्रहरीले बल प्रयोग गरेपछि काठमाडौं ल्याउन नदिने केसीका समर्थकहरु घाइते भएका छन् । बल प्रयोग गर्ने क्रममा प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै अश्रु ग्यास प्रहार गरेको थियो । अहिले पनि अस्पतालको अवस्था तनावग्रस्त छ ।
प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् । बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।
उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा। केसीलाई भने भेट्न पाएनन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: