हाम्रो विकास बैंकको शेयर कारोबार बन्द, ज्योति बैंकले एक्वायर गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - हाम्रो विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । ज्योति विकास बैंकले एक्वायर गर्ने भएकोले सोमबार (असार ३२ गते) देखि शेयर कारोबार रोकिएको हो ।

ज्योति विकास बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । जसले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ ।

हाम्रो विकास बैंक सँग एक्विजिसन पश्चात कम्पनीको चुक्ता पुँजी झन बढनेछ । वैशाख ३१ गते एजीएम गरी हाम्रो विकास बैंकले ७.३०५% बोनस प्रस्ताव पारित गरिसकेको छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
प्रकाशित : Monday, July 16, 2018

recent

Popular Posts