×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बानेश्वर झडपपछि ओली-देउवाबीच गोप्य वार्ता, के–के भयो छलफल ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बानेश्वर झडपपछि ओली-देउवाबीच गोप्य वार्ता, के–के भयो छलफल ?

काठमाडौं – अनसनरत डा गोविन्द केसीको समर्थनमा उत्रिएको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच गोप्य भेटवार्ता भएको छ । शनिबार नयाँ बानेश्वरमा भएको झडप र प्रहरी दमनका बारेमा देउवा र ओलीबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको वार्तामा देउवाले सरकारका तर्फबाट भएको दमनको विरोध जनाएको स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका थिए ।
आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा गोविन्द केसीसँग तत्कालै वार्ता गर्न ओलीलाई सुझाव दिएका छन् ।
यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि उनले दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: