×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कानुनमन्त्रीमा ओलीको रोजाईमा ढकाल, प्रचण्डको रोजाईमा पोखरेल

काठमाडौँ – शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त कानूनमन्त्रीमा पठाउने नामबारे सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका छन् पूर्वविद्यार्थी नेता भानुभक्त ढकाल । तेह्रथुमका स्थायी बासिन्दा ढकाल मोरङ निर्वाचन क्षेत्र नं.–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका ढकाल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । यसअघिसमेत मन्त्रीमा दाबी गरेका ढकाल मन्त्रिपरिषद्मा नअटाएपछि रुष्ट थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनका सांसद कृष्णभक्त पोखरेललाई मन्त्री बनाउनुपर्ने विचारमा छन् ।
पूर्वएमाले चितवनका अध्यक्ष पोखरेल चितवन–२ बाट निर्वाचित सांसद हुन् । कानुनी पृष्ठभूमिका पोखरेललाई कानूनमन्त्री बनाउँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहज हुने बुझाईमा अध्यक्ष प्रचण्ड छन् ।
स्रोतकाअनुसार ओलीले ढकाललाई र प्रचण्डले पोखरेललाई मन्त्री बनाउने आश्वासन दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि पोखरेललाई मन्त्री बनाउनुपर्नेमा छन् । पोखरेल नेपाल समूहमा छन् । राजीनामा दिएका शेरबहादुर तामाङ आफ्नै समूहबाट मन्त्री भएकाले पनि पोखरेल नै मन्त्री हुनुपर्ने तर्क नेपाल खेमाको छ । शीर्ष नेताले च्यापेका कारण ढकाल र पोखरेल दुवै आफू मन्त्री बन्नेमा ढुक्क छन् ।
तामाङले चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जाने नेपाली छात्राहरुले ‘शरीर नसुम्पिएसम्म प्रमाणपत्र नपाउने’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेकपा सचिवालय बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो । पार्टी निर्देशन पालना गर्दै तामाङले मंगलबार रुँदै राजीनामा घोषणा गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: