×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किसान बहुउद्देश्यीय सहकारी संस्थाको नाफा साढे सात करोड, यस्तो छ अन्य विवरण

कैलाली – कैलालीको लम्कीचुहा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७४/०७५ मा ७ करोड ५० लाख रुपैंया मुनाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृती प्राप्त उक्त सहकारीको कैलाली जिल्ला भर २१ वटा शाखा रहेका छन । 

२०५२ सालमा स्थापनाभई कारोबार सुरु गरेको संस्थाको ८ करोड शेयर पुँजी रहेको छ । आर्थिक बर्षको अन्त्यसम्म संस्थाले १ अर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने विभिन्न शिर्षकमा सदस्यहरुलाई २ अर्ब कर्जा लगानी गरेको छ । 
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ५०,४०२ सदस्य रहेका छन । गतबर्ष बाट मोबाईल बैंकिङ र ट्याबलेट बैंकिङ शुरुवात गरेको यस संस्थाले आगामी आर्थिक बर्ष भित्र लघुवित्त तर्फ सबै केन्द्रलाई पेपरलेस निर्माण गर्ने लक्ष्य राखेको छ । संस्थाले कृषि पेशालाई प्रवद्घन गर्ने उद्देश्यले ३ जना कृषि प्राविधिक मार्फत सदस्यहरु लाई तालिम तथा परामर्श र आगामी बर्ष यसलाई निरन्तरता दिदै ए.टि.एम सेवा समेत सुरुवात गर्ने योजना रहेको संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले बताए ।
किसानको २१ शाखा र केन्द्रियकार्यालय समेत गरि १५८ जनाकर्मचारी कार्यरत छन । उत्कृष्ट करदाताको प्रमाणपत्र प्राप्त यस संस्थाले यस आर्थिक बर्षमा १ करोड ५१ लाख ५४ हजार ४ शय २७ रुपैयाँ कर बुझाएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले सदस्यहरुको विश्वास, कर्मचारीहरुको लगनशिलता र अथक मेहेनतका कारण संस्थाले सफलता प्राप्त गर्दै गई रहेको बताए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: