कामना सेवाको ५.५०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कामना सेवा विकास बैंकको ५.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर भाउ प्रतिकित्ता १४३.१३ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर कारोबार सोहि मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १७५.५६ रुपैयाँ छ ।

असार ३२ गते कामना सेवाले वार्षिक साधारण सभामा गर्ने भएको छ । सभामा बैंकले ५.५०% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि बैंकले सोमबार बुक क्लोज गरेको हो । सभामा बैंकले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि राख्दैछ ।

त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन प्रक्रियामा जाने भएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा लैजानेछ । हाल यो बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३२६.२९ रुपैयाँ छ । कामनाले यही पुँजीमा बोनस र नगद लभांश दिन लागेको हो । बोनस सेयर वितरण गरिसकेपछि चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Monday, July 02, 2018

recent

Popular Posts