×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवाको १२% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कामना सेवा विकास बैंकको १२% लाभांश सुरक्षित गर्ने आइतबारअन्तिम दिन रहेको छ । बैंकले असार ३२ मा वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा बैंकले ५.५०% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । सभाको लागि बैंकले असार १८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार बुक क्लोज हुनु भन्दा १ दिन आगाडीसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । 
सभामा बैंकले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकहरुको निर्वाचन गर्न प्रस्ताव पनि राख्दैछ । त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन प्रक्रियामा जाने भएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा लैजानेछ । 
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा इन्द्रेणी फुड ल्यान्ड नयाँ वानेश्वर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । हाल यो बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार ३२६.२९ रुपैयाँ छ । कामनाले यही पुँजीमा बोनस र नगद लभांश दिन लागेको हो । बोनस सेयर वितरण गरिसकेपछि चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९.२३ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: