×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्बौ सम्पतिको मालिक वरिष्ठ पत्रकार कनकमणी विद्युत चोरीको एक नम्बर सूचीमा

काठमाडौँ – विद्युत् चोरी नेपालको एउटा समस्या हो र विद्युत् प्राधिकरणले चोरी नियन्त्रणका लागि अनेकौँ प्रयास गर्दै आएको पनि छ । तथापि यसमा उल्लेख्य प्रगति हुन सकेको छैन । भक्तपुर, रौतहट, सप्तरी, धनुषालगायतका जिल्लामा मात्र वर्षेनी करोडौँ रुपैयाँबराबरको विद्युत् चोरी हुने गरेको र चोरीमा विपन्न तथा अशिक्षित मानिस संलग्न रहने गरेको बताइन्छ । तर, हालै भएको एउटा घटनाले विद्युत् चोरीमा हार्वर्ड विश्वविद्यालयमा पढेका अर्बौँका मालिक पनि संलग्न रहने गरेको देखाएको छ ।
प्राप्त जानकारीअनुसार हिमाल खबर पत्रिकालगायत अनेकौँ व्यापारिक कम्पनीका मालिक कनकमणि दीक्षित नेपाल विद्युत् प्राधिकरणको विद्युत् चोरहरूको सूचीमा परेका छन् । दीक्षितले गत मङ्सिरदेखि आफ्नो स्वामित्वमा लिएको अर्गा्निक हिमालय नामक कम्पनीले बिजुली चोरेपछि उनी पनि चोरहरूको सूचीमा परेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १ मथुरापाटीस्थित ठूलो क्षेत्रफलमा फैलिएको अर्गा्निक हिमालय नामक कम्पनी पहिले अरू कसैको रहेकोमा गत मङ्सिरदेखि कनकमणि दीक्षितले आफ्नो स्वामित्वमा लिएका थिए र अहिले त्यहाँ पुनर्निर्माणको काम भइरहेको छ ।
दीक्षितले सो स्थानमा अर्गानिक रिसर्ट पनि बनाइरहेका छन् । पुनर्निर्माणको क्रममा विद्युत् अलिक बढी खपत हुन थालेपछि दीक्षितले हुक लगएर विद्युत् चोरी गरेको भन्ने सूचना पाएपछि विद्युत् प्राधिकरणको टोली सो स्थानमा पुगेको थियो । विद्युत् चोरी गरेर काठ चिर्नेलगायतको काममा प्रयोग गरिरहेको पाइएपछि विद्युत् प्राधिकरणको टोलीले तत्काल लाइन काटी जरिवाना तिराएको थियो ।
तोकिएको जरिवाना रकम तीन लाख तीस हजार चार सय रुपैयाँ बुझाउन दीक्षित स्वयम् नगई उनले अरू कसैलाई प्राधिकरणको काभ्रेस्थित कार्यालयमा पठाएका थिए । जरिवाना तिरे पनि उनको कम्पनीमा असार १९ मंगलबारसम्म विद्युत् नजोडिएको इन्जिनियर हरेन्द्रले घटना र विचारलाई जानकारी गराए ।
नागरिक समाजका अगुवा, विकृति र बेथितिविरुद्ध लड्ने, हार्वर्ड विश्वविद्यालयबाट शिक्षित–दीक्षित र अर्बौंका मालिक कनकमणि दीक्षितसमेत चोरीमा संलग्न भएको पाइएपछि देशमा सत्जनचाहिँ को होलान् भन्ने प्रश्न उठेको छ । स्मरणीय छ, यिनै कनकमणि दीक्षितले सरकारी जमिन कब्जा गरेको, अमेरिका र बेलायतका बैंकमा गैरकानुनी रूपले अर्बौं रकम जम्मा गरेको, विभिन्न विदेशी कम्पनीमा लगानी गरेको र कर छलेकोलगायतका विषयमा लोकमानसिंह कार्की नेतृत्वमा हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन, अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
त्यसबेला दीक्षित असल र उनीमाथि कार्कीले पूर्वाग्रह राखेको भन्ने ठहर अनशनकारी डा. गोविन्द केसी, तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्की र विवेकशील साझा नामक राजनीतिक समूहले समेत गरेको थियो । सुशीला कार्कीले त आफ्नो अधिकार प्रयोग गरी दीक्षितमाथिको अनुसन्धान र कारबाहीमा समेत रोक लगाइदिएकी थिइन् । तर, अहिले लोकमानसिंहलाई गलत र कनकमणिलाई ठीक भन्नेहरू लज्जित हुनुपर्ने अवःथामा पुगेका छन् । प्रश्न उठेको छ, ‘बिजुली त चोर्नेले अरू के बाँकी राखेका होलान् ?’ यो खबर घटना र विचारमा प्रकाशित छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: