कपिलवस्तुका एकाइ प्रमुख पराजुली २ लाख ८० हजार घुससहित पक्राउ

कपिलवस्तु - शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट रू. २ लाख ८० हजार घुस लिँदालिँदै सोमवार अपराह्न कार्यालयबाटै पक्राउ गरिएको हो । के प्रयोजनका लागि उनले घुस लिएका थिए भन्ने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको आयोग बुटलका प्रशासकीय अधिकृत तुलाराम पौडेलले जानकारी दिए ।
प्रकाशित : Tuesday, July 17, 2018

recent

Popular Posts