कर्णालीको सेयर लिलामी भर्ने आज अन्तिम म्याद, यी ठाउँबाट भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंकको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । यो लेलामी आज कार्यालय समयसम्म भर्न पाउने छन् । बैंकले असार १७ गतेदेखि सर्वसाधारण समूहको १ लाख ८४ हजार ५८८ कित्ता र संस्थापक समूहको ५ लाख २३ हजार ५७० कित्ता गरि जम्मा ७ लाख ८ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । 

संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताले पनि किन्न सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्जसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
प्रकाशित : Sunday, July 08, 2018

recent

Popular Posts