माइतिघरमा आन्दोलन गर्न नपाएपछि कांग्रेस आक्रोशित, प्रधानमन्त्रीलाई के –के भन्यो ?

काठमाडौँ - प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निर्णय पूर्व राजा ज्ञानेन्द्र शाह नेतृत्वको सरकार जस्तै रहेको टिप्पणी प्रतिनिधि सभामा उठेको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले ज्ञानेन्द्र नेतृत्व सरकारको गृहमन्त्री कमल थापा जस्तै निर्णय गरेको बताए ।

प्रतिनिधि सभाको विशेष समयम बोल्दै केसीले विरोध गर्ने लोकतन्त्रिक अधिकारमाथि ओली सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।

‘विरोध प्रदर्शन गर्नमा रोक लगाउने निर्णय २०५८ सालको ज्ञानेन्द्र सरकारको निर्णय जस्तो भयो । गृहमन्त्री कमल थापाले त्यस बेला भक्तपुरको चौरमा गएर विरोध गर्न भनेको थियो,’ केसीले भने ।

प्रदर्शन गर्ने स्थल बारेको निर्णय लोकतन्त्र विरोधी निर्णय भएको बताउँदै केसीले यसबाट आम नागरिक अत्यन्त त्रसित भएको आरोप लगाए। उनले यस निर्णयलाई तत्काल खारेज गर्न माग गरे ।

आजको प्रतिनिधि सभाको बैठकमा शून्य समय र विशेष समय पछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।
प्रकाशित : Sunday, July 01, 2018
,

recent

Popular Posts