×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मध्य भोटेकोशी आइपीओ बेच्ने अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल धितोपत्र बोर्डमा मध्य भोटेकोशी जलविद्युत कम्पनी १ करोड ४४ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति लिन पुगेको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई गरी १ करोड ४४ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
यसपछि मध्य भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १०% ले हुने ६० लाख कित्ता सेयर बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारण र कर्मचारीका लागि जारी पुँजीको १५% ले हुने ९० लाख कित्ता आइपीओ तेस्रो चरणमा बिक्री हुनेछ । मध्य भोटेकोशीले पहिलो चरणको आइपीओ बिक्री गर्न ६ वटा मर्चेन्ट बैंकहरुलाई बिक्री प्रबन्धक तोकेको छ ।
यसमा एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् । मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: