×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रद्वारा डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता, सिबीएसईविरुद्ध संघर्ष गर्ने निर्णय

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले जुम्लामा अनसनरत डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ । आइतबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले डा. केसीको अनसन वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृती, बिसङगतिविरुद्धमा भएको निष्कर्ष निकाल्दै ऐक्यवद्धता जाहेर गरेको हो ।
केन्द्रीय सचिवालय सदस्य आलोक रायमाझीका अनुसार बैठकले वार्ताको माध्यमबाट डा.केसीका जायज मागहरु पूरा गर्न सरकारसँग माग समेत गरेको छ । माओवादी केन्द्रले डा. केसीको जीवन रक्षाको पहल गर्न पनि सबैसँग अपील गरेको छ ।
पार्टीका अध्यक्ष गोपाल किरातीको अध्यक्षतामा बसेको बैठकले नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा विद्यालयबाहेकका भारत सरकारको मातहतका १३ वटा सिबीएसई विद्यालयहरुलाई सम्बन्धन दिएकोप्रति गम्भीर आपत्ती जनाएको छ ।
माओवादी केन्द्रले यो सम्बन्धनले नेपालको सार्बभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुरयाउने निष्कर्ष निकालेको छ । उसले गैरकानुनी र राष्ट्रघाति निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जाने निर्णय भएको रायमाझीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: