×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्सको एजीएम आज, के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मञ्जुश्री फाइनान्सको बार्षिक साधारणसभा बुधबार बिहान १० बजे सुरु भएको छ । सभा थापागाउँ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा सुरु भएको हो । सभामा कम्पनीले ५.७१% बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावका साथै कर तिर्न ०.३२% नगद लाभांशको पनि प्रस्ताव पेस गर्ने छ  । कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ । 
बोनसपछि चुक्ता पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को प्रस्ताव पनि छ ।
यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत राखिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गरिसकेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: