×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यही हो त्यो भाषण जसकारण कानुन मन्त्रीले पदबाट हात धुनुपर्यो, हेर्नुस भिडियो

काठमाडौँ – कानुनमन्त्री शेरबहादुर तामाङले गरेको एउटा भाषणले उनको पद नै खोसियो । बंगलादेशमा पढ्न गएका नेपाली छोरी चेलीको अस्मितामाथि नै दाग लाग्ने गरी अभिव्यक्ति दिएपछि उनले मन्त्री पदबाट राजिनामा दिनुपरेको छ ।

प्रचण्ड र केपिलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका दुर्गा प्रसाईको भनाईलाई सापट लिएर बोलेका तामाङले काठमाडौँको एक कलेजले गरेको कार्यक्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुका विषयमा गैरजिम्मेवार र आपत्तिजनक भाषणका गरेका थिए ।
मन्त्री तामाङले भनेका थिए -‘हामीले हाम्रा चेलीहरुलाई पढ्नका लागि बंगलादेशमा पठाउँछौँ, तर उनीहरुले आफूलाई नसुम्पेसम्म सर्टिफिकेट प्राप्त गर्न सक्ने अबस्था छैन् ।’
कानुनमन्त्री तामाङले आफ्ना अभिव्यक्तिको बचाउ गर्दै माफी पनि मागे । तर, त्यो माफी पत्रले काम गरेन । पार्टी भित्रबाट र बाहिरबाट ब्यापक आलोचना भएपछि अन्ततः तामाङको मन्त्री पद नै गयो ।
मन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीप्रति नै गलत सन्देश गएको भन्दै नेकपाका शीर्ष नेताहरुले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
त्यस लगतै तामाङ्गले मंगलबार पत्रकार सम्मेलन नै गरेर आफुले आफ्नो पार्टी र सरकारको भलो चिताएको भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
मन्त्री तामांगले के बोलेका थिए हेर्नुहोस भिडियोमा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: