×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकका संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनु पर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेगा बैंकका ६ जना संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयर  कुल ८२ हजार ६३८ कित्ता सेयर बिक्री गर्ने लागेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकासित भएको मिति (असार ३२ गते) बाट ३५ दिनभित्र संस्थापक बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
बैंकका संस्थापक सेयरधनी लोकहरी खनालले ८ हजार ७४३ कित्ता, कृष्ण प्रसाद जैसीले १० हजार ४१८ कित्ता र सुमन महर्जनले १० हजार ४१८ कित्ता, दिपक कुमार कार्कीले १८ हजार १२६ कित्ता, ओमप्रकास आचार्यले २१ हजार ८५६ र धिरेन्द्र सिंहले १३ हजार ७७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । 
यो संस्थापक सेयर खरिद गर्न गैर संस्थापक सेयरधनीले पनि इच्छा देखाएका छन् । संस्थापक सेयरधनीले आवेदन नदिएमा गैर संस्थापक सेयरधनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: