×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एसिया बैंकको नयाँ बैंकिङ सेवा सञ्चालनमा, अब ग्राहकले मिस्डकलबाटै खाताको विवरण लिन पाउने

काठमाडौं – एनआईसी एसिया बैंकले यहि साउन १ गतेबाट मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको लागि ग्राहकहरुले बैंकले तोकेको नम्बरमा मिस्डकल गरेपछि ब्यालेन्स वारे जानकारी, स्टेटमेन्ट बारे जानकारी लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् । 
ब्यालेन्सवारे जानकारी लिन ९८०१२२७७३३ मा मिस्डकल गर्नुपर्नेछ। मिस्डकल गरेपछि बैंकले एसएमएस मार्फत ब्यालेन्स बारे जानकारी दिने छ। 
साथै मिनी स्टेटमेन्टको जानकारी लिन ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने छ। कलब्याक सेवाको लागि ९८०१२२७७५५ मा मिस्ड कल गरे बैंकका सम्बन्धित कर्मचारीले फोन गरेर तपाईंले बुझ्न चाहेको कुराको जानकारी दिनेछन्।
बैंकले अहिले मुलुकभरका २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा दिदै आएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: