×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ बिकास बैंकले गर्यो ५७ करोड ५४ लाख खूद नाफा, ‘कष्ट अफ फण्ड’ भने बढेर ९.०३ प्रतिशत पुग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मुक्तिनाथ बिकास बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले कुल ५७ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । यस्तै बैंकले अघिल्लो वर्ष ३१ करोड २० लाख रहेको जगेडाकोषको रकमलाई बढाएर ९४ करोड ७९ लाख पुर्याएको छ । यता बैंकले ३० अर्ब ३५ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गरेको छ ।
यद्यपी बैंकको ७.६६ प्रतिशत रहेको कस्ट अफ फण्ड भने ९.०३ प्रतिशत पुगेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ७४.५७ प्रतिशत, बेस रेट १२.५१ प्रतिशत, इक्वीटीमा प्रतिफल १६.२६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.६५ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०३ गुणा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: