×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र रिद्धि सिद्धिज्वेलर्सबीच सम्झौता, बैंकका एटिएमवाहक ग्राहकहरुलाई गहना किन्दा छुट

मुक्तिनाथ विकास बैंक लिमिटेड र रिद्धि सिद्धिज्वेलर्स, न्युरोड काठमाडौंबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिद्धि सिद्धि ज्वेलर्सको तर्फबाट ग्राहक सेवातर्फका प्रबन्धक अजय अधिकारीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार, मुक्तिनाथ भिसा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुनको गहना बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, हिराको गहनामा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । 
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: