×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनजिओमाथी छानविन नगर्न प्रधानमन्त्रीको दबाव, गृहमन्त्री भन्छन्-समय मिलाएर कारवाही गर्छु

काठमाडौँ – विकास र अनुदानको नाममा डलरको खेती गर्दै आएका आईएनजिओ र एनजिओ संचालकको विकृतिको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली नै लागेका छन् । उनले गृहमन्त्री रामबहादुर थापाले सुरु गरेको छानविनलाई रोक्न दवाव दिइरहेका छन् ।
यसअघि गृहमन्त्री थापाले एनजिओ संचालकको सम्पतिको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई निर्देशन गरेका थिए । प्रधानमन्त्रीकै दवावका कारण उक्त निर्देशन कार्यान्वयन हुन सकेको छैन ।
कारोबार दैनिकका अनुसार आईएनजिओ र एनजिओका संचालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबावका कारण गृहमन्त्री थापा पछि हटेका छ्न ।
गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई एनजिओको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।
त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।
स्रोतका अनुसार गृहमन्त्री थापाले अाफू निकटका नेताहरुसँग अहिले एनजिअोमाथिको छानविन रोकिएपनि उपयुक्त समय मिलाएर कारवाही गरेरै छोड्ने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: