एनएमबि बैंकले १५% बोनस दिदै, कति पुग्छ चुक्ता पुँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एनएमबि बैंकले १५% बोनस सेयर दिने भएको छ । बैंकले हाल बिक्री गरिरहेको एफपीओपछि कायम हुने चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने भएको हो । यसका साथै बैंकले कर तिर्न ०.७८९% नगद लाभांश पनि दिने घोषणा गरेको छ । यो बोनसमा एफपीओ भर्नेले पनि पाउने छ ।

एफपीओ बिक्री पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । बोनस सेयर पनि दिइसकेपछि एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Wednesday, July 11, 2018

recent

Popular Posts