×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सको खुद नाफा ३ करोड भन्दा बढी, प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा एनएमबि माइक्रोफाइनान्सले ३ करोड ४१ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २४.८१% ले कम हो । अघिल्लो वर्ष एनएमबिले ४ करोड ५३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने २१.४९% ले बढेर १६ करोड ७२ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष एनएमबिले १३ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफामा पनि केही गिरावट आएको छ । अघिल्लो वर्ष ७ करोड १० लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यो त्रैमासमा ५ करोड ३१ लाख ४६ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ ।
निक्षेप संकलन ४० करोडबाट बढाएर ६९ करोड ६५ लाख २९ हजार रुपैयाँ पुर्याएको एनएमबिले २ अर्ब १६ करोड ७४ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ०.९८% बाट बढेर २.५९% भएको छ । एनएमबिको चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ११ करोड ३ लाख ५७ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: