×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सले १५०% हकप्रद निष्कासन गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अहिले हाल कायम चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँको १:१.५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले व्यवसाय विस्तारका लागि पुँजी अपुग भएकाले हकप्रद जारी गर्न लागिएको जनाएको छ । 
एनएमबिको मंगलबार बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । तेस्रो त्रैमाससम्म यसको रिजर्भ कोषमा ९ करोड ८० लाख ३७ हजार रुपैयाँ जम्मा भएको छ । एनएमबिको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५९ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: