×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको ११० औं शाखा सप्तरीको तिलाठीमा सञ्चालन

काठमाडौँ – एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले तोकेको सम्पूर्ण नयाँ शाखाहरु खोलेको हो । यो शाखाको शुरुवात सँगै बैंकको कुल ११० शाखा ४ एक्टेन्सन काउन्टर ९६ एटिएम पुगेको छ । 
बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच पुगेको छ भने यसले स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तर समेतमा साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विगप्तीमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: