×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीद्वारा नबिल बैंकका १२ नयाँ साखाको ‘इलेक्ट्रोनिक’ उद्घाटन, १९ फोटोमा हेर्नुहोस् उद्घाटन समारोहका झलक

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- नबिल बैंकका १२ नयाँ साखाहरुको उद्घाटन भएको छ । होटल अन्नपूर्ण, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले १२ नयाँ साखाको इलेक्ट्रोनिक उद्घाटन गरेका हुन् । प्रदेश नम्बर ५, प्रदेश नम्बर ७ र कर्णाली प्रदेशका साखाहरु उद्घाटन भएका हुन् । बैंकका अध्यक्ष सम्भु प्रसाद पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त उद्घाटन समारोह सम्पन्न भएको थियो । नबिल बैंकले पाँच वटा आँफैले छानेर र बाँकी सात वटा राष्ट्र बैंकले खटाएको ठाउँमा शाखा खोलेको हो । आज उद्घाटन भएका साखाहरुसहित नबिल बैंकको शाखा संख्या ७४ पुगेको छ । 
बैंकले डडेलधुराको आलिताल, सुर्खेतको वराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाइ, जुम्लाको तिला, सल्यानको दार्मा, कालीकोटको पचालझरना र पलाता, वैतडीको पञ्चेश्वर, अछामको रामारोशन, डोटीको सायल र अछामको तुर्माखादा गाउँपालिकामा शाखा खोलेको हो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंकले नाफामात्रै नहेरी वित्तीय पहुँच अभिबृद्धि गर्दै सरकारी योजनाहरुलाई समेत अगाडि बढाउँदै लैजाने बताए । ‘बैंकले नाफामात्र हेर्ने भन्दापनि वित्तीय पहुँच बढाउने योजना अगाडी ल्याउनुपर्छ । हामी पनि त्यहि गर्दैछौं ।’ कार्यक्रममा बोल्दै सीईओ शाहले भने । सरकारले ७५३ वटै स्थानीय तहमा असार मसान्तभित्र शाखा खोल्ने योजना बनाएको थियो । यसमध्ये ५५६ स्थानीय तहमा शाखा खोलिसकिएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: