×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेलीको हकप्रद सेयर बिक्री खुला, भदौ ७ गतेसम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको शुक्रबारदेखि १००% हकप्रद सेयर बिक्री खुला भएको छ । नागबेलीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्री खुला गरेको हो ।  यो हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले भदौ ७ गतेसम्म भर्न सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: