×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेली लघुवित्तको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, साउन ४ देखि खुल्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । नागबेलीको यो हकप्रद पाउनको लागि बुधबार कार्यालय समयभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । हकप्रद खुला गर्न शुक्रबार बुक क्लोज गर्दैछ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बेच्न लागेको हो ।  यो हकप्रद साउन ४ देखि भदौ ७ गतेसम्म भर्न सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलमा भने चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यबस्था छ । 
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: