नागबेली लघुवित्तको १००% हकप्रद आउंदै, आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - साउन ४ देखि नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आउने भएको छ  । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बेच्न लागेको हो । यो हकप्रदमा  असार २० गतेसम्म कायम सेयरधनीले भदौ ७ गतेसम्म मात्र भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलमा भने चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यबस्था छ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Monday, July 02, 2018

recent

Popular Posts