×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सले गर्यो प्रगति, खुद नाफा १८.९३% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद नाफा १८.९३% वृद्धि भएको छ ।  यो वर्ष कम्पनीले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष ७ करोड २१ लाख ११ हजार रुपैयाँ मात्र कमाएको थियो । 
खुद ब्याज आम्दानी २३.०६% ले वृद्धि गरेर कम्पनीले १७ करोड २३ लाख ८६ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी १४ करोड १ लाख २१ हजार रुपैयाँ कमाएको थियो । सञ्चालन नाफामा सुधार  १८.९२% ले बढेको छ । सञ्चालन नाफा पनि ११ करोड ३३ लाखबाट १३ करोड ४७ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफाले गरेर खुद नाफामा वृद्धि भएको हो ।
निक्षेप संकलन ३२ करोड ६० लाखबाट बढोत्तरी गरेर ७४ करोड ५८ लाख ३४ हजार रुपैयाँ पुर्याएको नेसनलले २ अर्ब ४१ करोड ७० लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता, कम्पनीको खराब कर्जा भने बढेर ०.९२% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०.४७% मात्र थियो ।
चुक्ता पुँजी १२ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको नेसनलको जगेडा कोषमा १७ करोड १० लाख ३ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको जगेडा कोषलाई आकर्षक मान्न सकिन्छ । यसको प्रतिसेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ भने २४२ रुपैयाँ ०८ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: