×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२५०% हकप्रदको मूल्य समायोजपछि नयाँ नेपालको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता ६२१.२९ रुपैयाँमा खुलेको छ । कम्पनीले यसै मूल्यलाई आधार मानेर आजको सेयर कारोबार सुरु गरेको छ । यसको औसत आधार मूल्य भने ९६८.६४ रुपैयाँ छ । 
कम्पनीले साउन २७ गतेदेखि १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसका लागि नयाँ नेपालले सोमबार बुक क्लोज गरेको हो । यसमा साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन । 
यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । हाल नयाँ नेपालको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: